३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा छत्रेश्वरी गाउँपालिका ५ दियारगाउँका ४९ वर्षीय सुमन घर्ती मगरलाई प्रहरीले ०८१ साउन १४ गते गिरफ्तार गरेको छ ।
घरमा कोही नभएको अवस्थामा शारीरिक अपांगता भएकी महिलालाई साउन १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन १४ गते इलाका प्रहरी कार्यालय, लुहाममा उजुरी दिएका थिए ।
उक्त उजुरीका आधारमा आरोपितलाई घरैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, सल्यानका इन्स्पेक्टर रेशम बहादुर खत्रीले जानकारी दिनुभयो । पीडितको साउन १४ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो । आरोपितलाई जिल्ला अदालत सल्यानबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय, लुहामको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।