१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका–११ का २८ वर्षीय राममिलन यादव र १७ वर्षीय बालकलाई प्रहरीले ०८१ साउन १४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन १४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो । पीडित पक्षले दिएको सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १४ गते भिम अस्पताल, भैरहवामा भयो ।