INSEC Online

📅 २०८३ जेष्ठ २१

बालसुधार गृहमा बालबन्दीहरूबीच झडप हुँदा पाँच जना घाइते

बैजनाग गाउँपालिका-२, स्थितनौबस्ता बालसुधार गृह ब्लक ‘ए’ मा बालबन्दीहरूबीच ०८१ साउन १४ गते झडप हुँदा पाँच जना घाइते भएका छन् ।

उक्त झडपमा इँटा प्रहारबाट २० वर्षीय तीन जनाको टाउकोमा घाउचोट लागेको र २२ वर्षीय एक जनाको शरीरमा सामान्य चोट लागेको छ । घाइतेहरूको स्वास्थ्य उपचार भेरी अस्पताल, नेपालगञ्जमा भएको र २२ वर्षीय एक जना बालबन्दीको उपचार कोहलपुर शिक्षण अस्पतालमा भइरहेको छ ।

बाल सुधार गृहका प्रमुख श्याम रानाले बालसुधार गृहबाट तीन जना बालबन्दीहरूलाई केही दिन अगाडि बिरगञ्ज बालसुधार गृहमा पठाएको तर त्यहाँ नराखेपछि फर्केर आएको रिसीबीका कारण दुई समूहबीच झडप भएको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज शाखा कार्यालयका प्रमुख द्वारिका अधिकारी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य एवम् एडभोकेसी फोरम, लुम्बिनी प्रदेश कार्यालयका संयोजक अधिवक्ता बसन्त गौतम र इन्सेक जिल्ला प्रतिनिधिको सहभागितामा पीडित बालबन्दीहरूको अवस्था बुझ्न साउन १४ गते अनुगमन गरेको थियो ।

Photo30072024Banke

Photo30072024Banke1

अन्य

भिडियो