सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चुरे गाउँपालिका—१ का १४ वर्षीय बालकलाई ०८१ साउन १३ गते घरबाट गिरफ्तार गरेको छ ।
बालिकालाई आरोपितले साउन १२ गते बलात्कार गरेको थाँहा पाएपछि आरोपित विरुद्ध साउन १४ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको पीडितकी आमाले बताउनु भयो ।
पीडित पक्षले दिनुभएको जानकारी अनुसार आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको भए पनि साउन १४ गते मात्रै पीडित पक्षले प्रहरीमा उजुरी दिनुभएको ईलाका प्रहरी कार्यालय, मालाखेतीका डिएसपी गंगाबहादुर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य उपचार तथा परीक्षण साउन १३ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको सेती प्रादेशिक अस्पताल ओसिएससीका फोकल पर्सन मीना चन्दले बताउनु भयो ।