बलात्कार घटनाको आरोपमा रघुगङ्गा गाउँपालिका– २ का ३६ वर्षीय दिर्ग बुढाथोकीलाई २०८१ साउन १३ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले गिरफ्तार गरेको छ ।
४९ वर्षीया महिलालाई असार ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । आरोपितलाई जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १३ गते बेनी अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।