INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका फरार आरोपित अदालतमा हाजिर

१७ वर्षीया बालिकालाई गर्भपतन गरेर फरार रहेका आरोपित बोदे बर्साइन नगरपालिका-६ खमगाडाका ३५ वर्षीय राजकुमार साह ०८१ साउन ८ गते जिल्ला अदालत सप्तरीमा हाजिर भएका छन् ।

हाजिर भएका आरोपित जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासबाट साउन ८ गते ५० हजार रुपियाँ धरौटी राखेर पुर्पक्षका लागि तारेखमा रिहा भएको अदालतले जनाएको छ ।

पीडित बालिकाका अनुसार बोदे बर्साइन नगरपालिका-६ खमगाडाका २१ वर्षीय रामबाबु महतोले विभिन्न प्रलोभनमा पारी मायाजालमा फसाइ विवाह गर्ने आश्वासन दिई पटक-पटक बलात्कार गरेका थिए । अन्तिम पटक ०८० मङ्सिर ८ गते राति बलात्कार गरेको र सोही कारणले रहेको गर्भ साहको औषधि पसलमा औषधि सेवन गराई गर्भपतन गराएको पीडितले बताउनु भयो ।

घटनापछि आरोपितहरू फरार रहेका थिए । पीडितकी आमाले आरोपितहरूविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनामा ०८० फागुन २९ गते उजुरी दिनुभएकोमा इलाका प्रहरी कार्यालयमा फागुन ३० गते उजुरी दर्ता गरेको थियो । आरोपितहरू गिरफ्तार नभएपछि प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जेठ २७ गते सप्तरी जिल्ला अदालतमा अभियोग दर्ता गरेको थियो ।

अन्य

भिडियो