काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जना यात्रुको दु:खद् निधन भएको छ । यो घटनामा सप्तरी जिल्लामा रही मानव अधिकार र सामाजिक न्यायका लागि लामो समय कार्य गर्नुभएका इन्सेक सहकर्मी प्रकाश खतिवडाकी छोरी प्रिजा खतिवडा, ज्वाइँ मनुराज शर्मा र नाती अधिराज शर्माको दु:खद् निधन भएको छ । सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा परिवारका सदस्य लिएर पोखरा जाँदै हुनुहुन्थ्यो ।

मानव अधिकार र सामाजिक न्यायका लागि इन्सेकले सञ्चालन गरेको अभियानमा लामो अवधि योगदान गर्नुभएका खतिवडाको परिवारमा परेको शोकप्रति इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले दु:ख व्यक्त गर्नुभएको छ । मृतकप्रति श्रद्धान्जलि र परिवारजनमा समवेदना व्यक्त गर्दै अध्यक्ष अर्यालले भन्नुभयो शोकको यस घडिमा हामी खतिवडाका साथमा छौँ ।