२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–१ देवस्थलका २१ वर्षीय बसन्त बुढा र जाजरकोट जिल्ला जुनीचाँदे गाउँपालिका–८ घर भई हाल सल्यानको जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१ देवस्थल बस्ने २४ वर्षीय मान बहादुर रावतलाई साउन ८ गते सल्लीबजारबाट गिरफ्तार गरेको छ ।
महिलालाई असार ३१ गते राति नावालक छोरासँग सुतेको अवस्थामा कोठामा गएर बलात्कार गरेको आरोपमा पीडितले साउन १ गते आरोपितविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रेशम बहादुर खत्रीले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १ गते जिल्ला अस्पतालमा भयो ।
एक जना आरोपित जना फरार रहेको र खोजी कार्य भइरहेको छ । घटनाको थप अनुसन्धान थालिएको इन्स्पेक्टर खत्रीले जानकारी दिनुभयो ।