INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका १ का ३८ वर्षीय तारा बहादुर घर्तीलाई साउन ५ गते गिरफ्तार गरेको छ ।

बालिकालाई  असार ८ गते दिउँसो साढे २ बजेतिर टेलिभिजन हेर्न आएको बेला घरमा कोही नभएको मौका पारेर बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ५ गते आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय लुहाममा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रेशम बहादुर खत्रीले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ५ गते जिल्ला अस्पतालमा भयो ।

जिल्ला अदालतबाट साउन ७ गते पाँच दिनको म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको इन्स्पेक्टर खत्रीले बताउनुभयो ।

अन्य

भिडियो