१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पालुङटार नगरपालिका–५ का ३९ वर्षीय जगतबहादुर गन्धर्वलाई प्रहरीले ०८१ साउन ५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन ५ गते यौन दुर्व्यवहार भएको भन्दै मौखिक उजुरीका आधारमा प्रहरीले गिरफ्तार गरेको थियो । आरोपित विरुद्ध पीडितका आफन्तले साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए ।
आरोपितविरुद्ध साउन ६ गते जिल्ला अदालत गोरखामा बाल यौन दुरुपयोग शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धानका लागि म्याद थप अनुमती लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ६ गते जिल्ला अस्पतालमा भएको थियो ।