INSEC Online

📅 २०८३ जेष्ठ २१

बागलुङ बजारमा खानेपानीको समस्या

बागलुङ बजारमा एक हप्तादेखि खानेपानीको समस्या भएको छ । असार २६ गते बागलुङ नगरपालिका– ३ खहरेखोलामा आएको बाढीले भूदीखोलाबाट आउने खानेपानीको पाइप बगाएपछि नगरबासीहरु खानेपानीको समस्या झेल्दै आएका छन् ।

बागलुङ बजारमा खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बजारको ४ हजार ६ सय धारामा खानेपानी बितरण गर्दै आएको छ ।

Photo 2024072020 Baglung

बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भूदीखोला मुहान, रेश खोला मुहान र रिठेखोला मुहानबाट खानेपानी आपूर्ती गर्दै आएको मुख्य मुहानको पाइप बगाउदा खानेपानीको माग धान्न नसकेको हो । बागलुङ बजारबासीलाई २४ सै घण्टा खानेपानी उपलब्ध गराउने गरी काठेखोलाको कैलाम पोखरीमा निर्माण गरिएको लिफ्ट योजना पाँच वर्षमा समेत सम्पन्न नभएका कारण खानेपानीको थप समस्या नगरबासीले झेल्दै आएका छन् ।

भूदिखोलाको मुहानको पाइप बगाउदा खानेपानीको अभाव भइरहेको बताउदै बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव जिवन आचार्यले खानेपानीको पाइप मर्मत गर्ने कार्य थालिएकाले छिट्टै समस्या समाधान हुने बताउनु भयो ।

अन्य

भिडियो