INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा १५ दिन कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले नवलपरासी जिल्लाको पालिनन्दन गाउँपालिका–१ का २१ वर्षीय राजाराम चमारलाई १५ दिन कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश डा. श्री प्रकाश उप्रतीको ०८१ साउन ३ गतेको इजलासले कसुर ठहर गर्दै १५ दिन कैद सजाय, २ हजार ५ सय रुपियाँ जरिबाना र १० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडित बालिकालाई आरोपितले ०८० फागुन १४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन १५ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । पीडित पक्षको सोही उजुरीको आधारमा आरोपितलाई फागुन १५ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण फागुन १५ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।

अन्य

भिडियो