बारेकोट गाँउपालिका–३ भूकम्प प्रभावित बुढागाँउका १३ वर्षीय बालक मेहन्द्र बुढालाई खोलाले बगाउँदा बेपत्ता भएका छन् ।
जङ्गबाट फर्किने समयमा साउन ३ गते स्याली खोलाले बगाउँदा बालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
बेपत्ता बालकका बुवा भक्तबहादुर बुढाले छोराको खोजीकार्य तथा उद्धारको लागि प्रहरी प्रशासनलाई अनुरोध गर्नुभएको छ ।
खोलाले बगाउँदा बालक बेपत्ता भएको खबर प्राप्त भएपछि बारेकोट स्थित विभिन्न प्रहरी युनिटबाट खटिएको प्रहरी टोली र स्थानीयद्वारा बेपत्ता बालकको खोजीकार्य भइरहेको डिएसपी पाण्डेले बताउनु भयो ।