१३ वर्षीया छात्रालाई यौन दुरुपयोग गरेको आरोपमा एक जना शिक्षकलाई प्रहरीले असार २८ गते गिरफ्तार गरेको छ ।
छात्रालाई यौन दुरुपयोग गरेको आरोपमा तामाकोशी गाउँपालिका–४ को एक विद्यालयका शिक्षक ५२ वर्षीय ढालकाजी योगीलाई प्रहरी गिरफ्तार गरेको प्रहरी इन्स्पेक्टर सत्रुधन महोतोले जानकारी दिनु भयो ।
पीडितलाई ०८० फागुन २० गते बाल यौन दुरुपयोग गरेको भन्दै शिक्षक योगी विरुद्ध पीडितका आफन्तले चैत ८ गते जिल्ला प्रहरी कार्यालय दोलखामा किटानी जाहेरी दिएका थिए ।
आरोपिक शिक्षक योगीलाई जिल्ला अदालतबाट असार २८ गते नै सात दिनको म्याद थप गरी अनुशन्धान थालिएको इन्स्पेक्टर महतोले बताउनु भयो । ।