INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भिमाद नपा–८ राङरुङका ३० वर्षीय विरेन्द्र परियारलाई प्रहरीले ०८१ असार ३० गते गिरफ्तार गरेको छ ।

परियारले बालिकालाई असार २५ गते सोही नगरपालिका–८ अर्चलेस्थित मकै बारीमा लगेर बलात्कार गरेको भन्दै पीडित परिवारले असार ३० गते इलाका प्रहरी कार्यालय भिमादमा उजुरी दिएका थिए ।

पीडितको असार ३० गते दमौली अस्पतालमा स्वास्थ्य परीक्षण भयो ।

अन्य

भिडियो