७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर महानगरपालिका–२७ निवासी १५ वर्षीय दुई जना बालकलाई ०८१ असार ३१ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकाहलाई ०८१ असार २० गते यौन दुर्व्यवहार गरेको भन्दै आरोपित बालकहरू विरुद्ध पीडित परिवारले प्रहरी वृत्त चापागाउँमा ०८१ असार २७ गते उजुरी दिएको थियो ।
पीडित परिवारको उजुरीपछि खोजी गरी आरोपित बालकहरूलाई सुनाकोठीबाट गिरफ्तार गरिएको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिनु भयो ।
ललितपुर जिल्ला अदालतबाट असार ३१ गते नै पाँच दिनको म्याद थप गरी आरोपित बालकहरू विरुद्ध यौन दुर्व्यवहार मुद्दामा अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण पाटन अस्पतालमा असार २७ गते गरिएको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।