INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

भूमे गाउँपालिका-६ की २५ वर्षीया अप्सरा ओलीको हत्या गरेको आरोपमा पति २७ वर्षीय जीवन ओलीलाई प्रहरीले ०८१ असार ३० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असार २८ गते घरायसी विवाद हुँदा कुटपिट गरी हत्या गरेको भन्दै पीडित पक्षले असार २९ गते अस्थायी प्रहरी पोष्ट, महतमा मौखिक उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेलले जानकारी दिनुभयो ।

शवको पोष्टमार्टम असार ३० गते रुकुम पूर्व जिल्ला अस्पताल, रुकुमकोटमा भयो । पीडित परिवारले असार ३० गते शव बुझी सोही दिन सद्गत गरेका थिए ।

अन्य

भिडियो