INSEC Online

📅 २०८३ जेष्ठ २१

एक वर्ष आगाडि भत्किएको शौचालय निर्माण नगरिएपछि शिक्षक र विद्यार्थीलाई समस्या

गत वर्ष आएको पहिरोले केदारस्युँ गाउँपालिका–६ स्थित भुमिदेब आधारभुत विद्यालयको शौचालय भत्एिको भए पनि निर्माण नगरिएका कारण विद्यार्थी तथा शिक्षकहरुले सास्ती खेप्नुपरेको छ । विद्यालयमा शौचालय नहुँदा शिक्षक र विद्यार्थीहरुले समस्या भोग्नुपरेको हो ।

पहिरोले पुरानो विद्यालयको पुरानो शौचालय भत्किएको एक वर्ष वितिसक्दा पनि मर्मतसम्भार हुन नसकेपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मात्र नभइ शिक्षक समेत खुला ठाउँमा शौचालय गर्न जानु पर्ने बाध्यता भएको भुमिदेव अधारभूत विद्यालयका प्रधानाध्यापक खडकबहादुर बोहराले गुनासो गर्नु भयो ।

शौचालय नहुँदा खुला ठाउँमा जानु पर्ने बाध्यता रहेको सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत १२ वर्र्षीया छात्रा फुलहरी धामीले गुनासो गर्नु भयो । यसरी खुला ठाउँमा शौचालयको लागि टाँढा जाँदा पठनपाठनमा समेत समस्या हुने गरेको उहाँको भनाइ छ ।

विद्यालयमा सबै भन्दा महत्वपूर्ण भनेको शौचालय नै हो भएको शौचालय पहिरोले भत्काएको एक बर्ष बित्दा समेत शौचालय निर्माणको लागि पहल भएको छैन् ।

दिशापिसाव गर्न विद्यालय भन्दा टाँढा खुला स्थानमा जानु पर्ने बाध्यताले पठनपाठन समेत प्रभावित हुनेगरेको सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत महेश धामीले गुनासो गर्नु भयो ।

यस विद्यालयमा १ सय १६ जना विद्यार्थी अध्ययनरत छन् । खुल्ला रुपमा दिसापिसाव गर्दा वातावरण प्रदुषित हुनुका साथै सरुवा रोग फैलने सम्भावना रहेको उहाँले गुनासो गर्नु भयो ।

विद्यालयमा शौचालयको अभावको समस्यालाई मध्यनजर गर्दै शौचालयको निर्माण कार्यका बिभिन्न संस्थाहरुसँग छलफल भइरहेको केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले बताउनु भयो । प्रगतिशिल युवा समाजसँंग शौचालय निर्माणको लागि सकारात्मक छलफल भएको र संस्थाले नगरे पनि गाउँपालिकाबाट बजेट विनियोजन गरेर विद्यालयमा पक्की भवन सहितको शौचालय केहि महिना भित्रै निर्माण गरिने अध्यक्ष बोहराको भनाइ छ ।

अन्य

भिडियो