१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कमलबजार नगरपालिका ५ का ३६ वर्षीय प्रेमबहादुर विकलाई ०८१ असार २८ गते गिरफ्तार गरेको छ ।
बालिकालाई असार २८ गते आरोपितले यौन दुर्व्यवहार गरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई जानकारी गराइएको थियो ।
स्थानीयहरुले दिनुभएको जानकारीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,अछामका इन्स्पेक्टर जय पार्कीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण ०८१ असार २८ गते जिल्ला अस्पतालमा गरिएको थियो ।