INSEC Online

📅 २०८३ जेष्ठ २१

अपरिचित व्यक्तिद्वारा सुत्केरी महिला माथि आक्रमण

लिखु तामाकोसी गाउँपालिका–२ सैपुकी चार महिनाकी सुत्केरी १६ वर्षीया कारिना सोनामलाई ०८१ असार २५ गते घरमा बसिरहेको अवस्थामा अपरिचित व्यक्तिले टाउकोमा सिसाले प्रहार गरी घाइते बनाए ।

घरमा आएका एक अपरिचत व्यक्तिले ‘तेरो पति खोई’ भनी सोधेकोमा आफूले थाहा छैन भन्ने बित्तिकै घरमा झुण्ड्याएर राखेको ऐना फुटाएर आक्रमण गरी भागेको करिनाले बताउनुभयो । आक्रमणबाट उहाँको टाउकोमा चोट लागेको छ ।

घटनाको बारेमा इलाका प्रहरी कार्यालय धोबीमा जानकारी गराइसकिएको लिखु तामाकोसी गाउँपालिका– २ का वडाध्यक्ष सन्तोष पौडेलले बताउनुभयो ।

घाइते कारिनाको उपचार असार २५ गते स्थानीय स्वास्थ्य चौकी सैपुमा भयो ।

अन्य

भिडियो