३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-४ का ३४ वर्षीय सुवास कुमार महतोलाई ०८१ असार २३ गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गरेको छ ।
आरोपितले ०७८ फागुन १३ गते पीडित महिलालाई प्रलोभन दिई बलात्कार प्रयास गरेको भन्दै ०७८ चैत २७ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको थियो ।
आरोपितलाई ०८१ असार २३ गते गिरफ्तार गरि जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गराई घटना बारे अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बरहथवाकाका डिएसपी मुक्तीनाथ सापकोटाले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०७८ चैत २८ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।