नाबालिकालाई अपहरणपछि बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले धनुषाको क्षिरेश्वरनाथ गाउँपालिका– १० गोपालपुर घर भई कास्की पोखरा महानगरपालिका– ११ रानी पौवा बस्ने २१ वर्षीय अरूण कुमार दास र भारतको बिहार प्रदेश सीतामढी डुमरा थाना सुरसड पक्ष्मी १ सुरसड गाउँका १९ वर्षीय सुनिल दास भन्ने सुनील कुमारलार्ई असार १७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई असार १७ गते बिहान तनहुँको म्याग्दे गाउँपालिका– ४ थर्पुबाट पोखरा रानीपौवामा रहेको कोठामा ल्याएर सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले असार १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
बालिकालाई बन्धक बनाएर बलात्कारपछि पोखराबाट तनहुँ फर्किने क्रममा पोखरा महानगरपालिका– ३० पावरहाउसबाट प्रहरीले दुवै जनालाई गिरफ्तार गरेको हो ।
आरोपित विरूद्ध कास्की जिल्ला अदालतबाट अपहरण, शरीर बन्धक तथा बलात्कार सम्बन्धी मुद्दामा आठ दिन म्याद थपको अनुमति लिएर अनुसन्धान भइरहेकोे छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १८ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको छ ।