मानव अधिकार संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै सङ्घीय प्रहरी इकाई कार्यालय नेपालगञ्जले इन्सेकलाई असोज २७ गते सम्मान गरेको छ ।
६२ औँ प्रहरी दिवसको अवसरमा नेपालगञ्जमा आयोजित कार्यक्रममा सङ्घीय प्रहरी इकाई कार्यालय नेपालगञ्ज प्रमुख एसएसपी महेशविक्रम शाहले इन्सेक नेपालगञ्जका क्षेत्रीय संयोजक भोला महतलाई कदर-पत्रसहित सम्मान गरेका हुन् ।
इन्सेकले मानव अधिकारसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूमा स्थानीय प्रहरीलाई समेत सहभागी गराउनुका साथै नेपाल प्रहरीलाई मानव अधिकारसम्बन्धी प्रशिक्षण प्रदान गरी मानव अधिकार संरक्षण र सम्बर्धनमा टेवा पुर्याएकोमा उक्त कार्यको उच्च सम्मान गर्दै सङ्घीय प्रहरी इकाई कार्यालयले इन्सेकलाई सम्मान गरिएको कदर-पत्रमा उल्लेख गरिएको छ ।