INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बसबरीया गाउँपालिका-३ का ३६ वर्षीय सुर्यकान्त मिश्राविरुद्ध पीडित पक्षले ०८१ असार २१ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।

आराेपित गाउँमै सानाे किरान पसल सञ्चालन गरेर बस्दै आइरहेकाेमा असार ६ गते सामान खरिद गर्न पसल गएकी पीडितलाई आरोपितले पसल भित्र बोलाई केही पैसाको प्रलोभन देखाएर बलात्कार प्रयास गरेको पीडित पक्षले बताउनु भयो ।

घटनापश्चात आरोपित मिश्रा फरार रहेकोले खोजतलास भइरहेको जिल्लाका प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार २१ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

अन्य

भिडियो