INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बसबरीया गाउँपालिका-३ का ३६ वर्षीय दिपेन्द्र कुमार माझीविरुद्ध पीडित पक्षले ०८१ असार २० गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।

आरोपितले पीडित महिलालाई असार ३ गते धाक धम्की दिई बलात्कार प्रयास गरेको पीडित महिलाले बताउनु भयो ।

घटनापश्चात आरोपित माझी फरार रहेकोले खोजतलास भइरहेको जिल्लाका प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार २१ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयाे ।

अन्य

भिडियो