INSEC Online

📅 २०८३ जेष्ठ २१

विशेषाधिकार प्रयोग गरी विधेयक पारित गराउन सभामुखसँग आग्रह

त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा. डा. गोविन्द केसीले सभामुख ओनसरी घर्तीसँग विशेषाधिकार प्रयोग गरी चिकित्सा शिक्षा विधेयक विधेयक पारित गराउन आग्रह गरेका छन् ।

चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने मुख्य माग राखेर १३ औँ पटक आमरण अनसनमा बसेको असोज २६ गते आठौँ दिन डा. केसीले यस्तो आग्रह गरेका हुन् ।

केसीले विधेयकलाई संसदले बन्धक बनाएको आरोप लगाएका छन् । असोज २६ गते अनसनस्थल त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी उनले माफियामूखी ऐन ल्याउन चाहनेहरूले जननिर्वाचित निकायलाई नै बन्धक बनाएकाले अब सभामुखले विशेष अधिकार प्रयोग गरेर विधेयक पारित गर्नुपर्ने माग गरेका हुन् ।

संसदको अवधि सकिन लाग्दा केही ‘माफिया’हरूको चङ्गुलमा परेर जनतामूखी विधेयक पारित हुन नसक्नु दुखद भन्दै उनले सभामुख घर्तीलाई विशेष अधिकार प्रयोग गरेर भए पनि विधेयक पारित गर्न आग्रह गरेका हुन् ।

‘यस्तो अवस्थामा संसदको प्रमुखको नाताले सभामुखले संसदको बाँकी रहेको अवधिमा सक्रिय भूमिका खेलेर यो ऐनलाई सही रूपमा पारित गराउने अपेक्षा हाम्रो छ ।’-केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ-‘त्यसो नभएर संसदलाई कसैको स्वार्थको बन्धक बनाउन दिएमा संसदको गरिमाको साथै सभामुखको पदीय मर्यादा र कार्य कुशलतामाथि समेत प्रश्न चिन्ह उठ्ने अवस्था आउनेछ ।’

अन्य

भिडियो