११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बर्दघाट नगरपालिका-११, मौराहाटाडीका ५१ वर्षीय रुमाखर भुषाललाई प्रहरीले ०८१ असार २० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार १९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असार २० गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बर्दघाटका इन्स्पेक्टर भिमबहादुर कार्कीले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १९ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भयो ।