INSEC Online

📅 २०८३ जेष्ठ २१

तलब सुविधा नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो

गोदावरी नगरपालिका अन्तर्गत बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले वर्षको अन्तिम महिनासम्म तलब नपाएको गुनासो गर्नुभएको छ । चालु आर्थिक वर्ष २०८० / ०८१ को असोजमहिनादेखि तलब नपाएको नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी हर्कबहादुर खडकाले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो— ‘असोज महिनादेखि तलब आएको छैन् । तलब नपाएको १० महिना भइसक्यो । घर व्यवहार चलाउन, छोराछोरीको विद्यालयको शुल्क तिर्न समस्या भएको छ । घरको आर्थिक स्रोत भनेको तलब हो । तलब नै वर्षको अन्तिम महिनासम्म नपाएर बैङ्कको व्याज समेत तिर्न समस्या भएको छ ।’

लामो समयदेखि तलब नआएका कारण काम गर्ने इच्छाशक्ति तथा मनोवल घटेर गएको र घर खर्च चलाउन नै समस्या भोग्नुपरेको स्वास्थ्यकर्मी सुन्तलीकुमारी विश्वकर्माले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो— ‘बिरामीहरुलाई राम्रो सेवा प्रदान गर्नका लागि काम गर्ने वातावरण राम्रो हुन पर्छ । कर्मचारीहरुलाई हौसला प्रदान गर्न स्थानीय तहले समयमा तलब दिन सक्नु पर्छ । तर, १० महिनादेखि तलब भत्ता नपाउदा काम गर्ने मनोवल घट्नुको साथै घर खर्च चलाउन पनि समस्या भइरहेको छ ।’

गोवादवरी नगरपालिकाका जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले संघीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका स्थानीय तह अन्र्गतका बिभिन्न स्वास्थ्यसंस्थामा ९१ जना स्वास्थ्यकर्मीहरुले असोज महिनदेखि तलब भत्ता नपाएको स्विकार गर्नु भयो ।

५२ जनाको दरवन्दी रहेकोमा ९१ जनालाई स्थानीय तहको दोहोरो सहमतीमा स्वास्थ्य मन्त्रालयले दरबन्दी विना कर्मचारी सरुवा गर्दा र जनपतिनिधिले पहुँचका आधारमा आफ्नो मान्छे घरपायक पार्न खाजेकै कारण नगरपालिकालाई तलब खुवाउन समस्या भएको स्वास्थ्य शाखा प्रमुख अवस्थीको भनाइ छ ।

चालु आर्थिक वर्षमा दरबन्दी रहेको कर्मचारीहरुको पनि १ करोड १३ लाख रकम कम आएको कारण सम्झौता अनुरुप समायोजन भएर आएका कर्मचारीहरुलाई तलब खुवाउनु समस्या भएको गोदावरी नगरपालिकाका लेखा अधिकृत खगेन्द्रप्रसाद चौधरीले बताउनु भयो ।

अन्य

भिडियो