INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नरहरिनाथ गाउँपालिका–८ का ५० वर्षीय चक्रबहादुर विष्टलाई असार १९ गते गिरफ्तार गरेको छ ।

दृष्टिविहीन बालिकालाई आरोपितले असार १६ गते पीडितको घरमा गएर बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षबाट उजुरी परेपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार १९ गते जिल्ला अस्पतालमा भएको थियो ।

अन्य

भिडियो