INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भीमेश्वर नगरपालिका४ निवासी २७ वर्षीय पुरुष विरुद्ध ०८१ असार १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडित महिलाले आफूलाई नाता भित्रकै व्यक्तिले असार १७ गते बसभित्र जाउँ भनेर बलात्कार गरेको भन्दै कारबाहीका लागि असार १८ गते जिल्ला प्रहरी कार्यालयमाउजुरी दिएको इन्स्पेक्टर जीवन श्रेष्ठले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार १९ गते पशुपति स्मृति अस्पताल, चरिकोटमा भयो । आरोपित हाल फरार रहेको र खोजी कार्य भइरहेको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिनु भयो ।

अन्य

भिडियो