सुरुङ्गा नपा-६ स्थित त्रियुगा डिस्टिलरी प्रालिका सुरक्षा गार्ड नवराज कोइरालामाथि अज्ञात समूहले असोज २४ गते राति गोली प्रहार गरेको छ ।
अज्ञात समूहले चलाएको गोली कोइरालाको कम्मर छेउमा लागेको छ । उपचारपश्चात घाइतेको अवस्था सामान्य रहेको र अस्पतालबाट डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ ।
कोइरालामाथि गोली प्रहार गरिनुको कारण खुलेको छैन । ड्युटीमा रहेका कोइरालामाथि गोली प्रहार गरी उक्त समूह फरार भएको र खोजबिन भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताए ।