१४ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित विष्णु गाउँपालिका-५ का ३५ वर्षीय मोहन कुमार बैठाविरुद्ध ०८१ असार १७ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा उजरी दिनु भएको छ ।
रोजगारीको प्रलोभन देखाई ०८१ असार ४ गते बालकलाई भारतको विहार राज्य पटनामा लग्दै गर्दा गस्तीमा खटिएका इलाका प्रहरी कार्यालय सिमराका प्रहरी टोलीले सङ्काको आधारमा आरोपितलाई सोध पुछ गर्न खोज्दा आरोपित बालकलाई छाडी भारत तर्फ फरार भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
बालकलाई उद्धार गरी परिवारकाे जिम्मा लगाई आरोपितको खोजतलास गरिरहेको डिएसपी श्रेष्ठले बताउनु भयो ।