INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट तथा दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

मलंगवा नगरपालिका-४ ढाका बोडरका ३४ वर्षीया फुलोदेवी पासवानले सोही ठाउँका ३३ वर्षीय राजेश कुमार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ असार १६ गते उजुरी दिनु भएको छ ।

आरोपितले असार ७ गते गलिगलौज तथा दुर्व्यवहार गरेको र असार ९ गते पुनः दुर्व्यवहार र कुटपिट गरेकोले आरोपितविरुद्ध उजुरी दिएको पीडितले महिलाले बताउनु भयो ।

घटना बारे अनुसन्धान गरी दोषीलाई कानुन बमोजिको कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य उपचार तथा घाउ जाँच असार १७ गते जिल्ला अस्पताल मलंगवामा भयो ।

अन्य

भिडियो