३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८१ असार १७ गते बलरा नगरपालिका-४ का ३६ वर्षीय दिपेन्द्र कुमार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।
घरमा एक्लै रहेकी पीडित महिलालाई असार २ गते आरोपितले धाक धम्की दिई बलात्कार प्रयास गरेको पीडित पक्षले बताउनु भयो ।
घटनापश्चात आरोपित यादव फरार रहेकोले खोज तलास भइरहेको जिल्लाका प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असार १७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।