३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-३ का ४० वर्षीय विनोद कुमार लामालाई ०८१ असार १७ गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गरेको छ ।
घरमा कोही नभएको मौका छोपी ०८० चैत ११ गते आरोपितले पीडितलाई बलात्कार प्रयास गरेको भन्दै ०८१ वैशाख १३ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भयो ।
आरोपित लामालाई ०८१ असार १७ गते गिरफ्तार गरी असार १८ गते जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गराई घटना बारे अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बरहथवाका इन्स्पेक्टर सुमन बनियाले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०८१ वैशाख १४ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।