INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित शिक्षक गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मनहरी गाउँपालिका–३ निवासी शिक्षक ४४ वर्षीय दिनेश उप्रेतीलाई प्रहरीले ०८१ असार १७ गते गिरफ्तार गरेको छ ।

महेन्द्र ज्योति माध्यमिक विद्यालयमा अध्यापन गराउने आरोपित शिक्षकले असार १७ गते कक्षा ९ मा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

पीडितको उजुरीका आधारमा प्रहरीले सोहीदिन आरोपिलाई गिरफ्तार गरी असार १८ गते अदालतबाट सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर प्रकाश साहले बताउनुभयो ।

अन्य

भिडियो