INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको कसुरमा १२ वर्ष ६ महिना कैद

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै १५ वर्षीय बालकलाई जिल्ला अदालतले ०८१ असार १७ गते १२ वर्ष ६ महिना कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मनोज केसीको एकल इजलासले सो फैसला गरेको हो ।

बालकले बालिकालाई ०७८ कात्तिक २२ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले कात्तिक २२ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा कात्तिक २२ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाले आरोपितलाई कात्तिक २२ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित मङ्सिर १७ गते देखि पुर्पक्षका लागि थुनामा रहेका छन् ।

अन्य

भिडियो