INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गुलरिया नगरपालिका–१२ का २४ वर्षीय मोसिम खाँलाई प्रहरीले ०८१ असार १८ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले असार १८ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यायलमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवम् सूचना अधिकारी तुल्सीराम अर्यालले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडित स्वास्थ्य परीक्षण असार १८ गते गते बर्दिया जिल्ला अस्पताल, गुलरियामा भयो ।

अन्य

भिडियो