INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा १८ वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भानु नगरपालिका– ९ बडहरेका २३ वर्षीय कर्णबहादुर मास्की मगरलाई जिल्ला अदालतले १८ वर्ष कैद, ७ लाख जरिबाना, पीडितलाई १ लाख क्षतीपुर्ती र पीडित राहत कोषमा २८ हजार जम्मा गर्नुपर्ने फैसला गरेको छ ।

न्यायाधिश चन्द्रकुमार पोखरेलको ०८१ असार १६ गतेको इजलासले मास्की मगरलाई बलात्कार आरोपमा दोषी ठहर गर्दै उक्त फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पौडेलले जानकारी दिनुभयो ।

पीडित बालिकालाई ०८० भदौ २० गते बलात्कार गरेको भन्दै पीडित परिवारले असोज १६ गते इलाका प्रहरी कार्यालय भानुमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई असोज १६ गते गिरफ्तार गरेको थियो ।

आरोपित विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले असोज २४ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेकोमा आरोपित जिल्ला आदालतको आदेशमा असोज २६ गतेदेखी पुर्पक्षको लागि जिल्ला कारागारमा थुनामा थिए ।

अन्य

भिडियो