INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचार लेखेको आरोपमा पत्रकारमाथि हातपात

समाचार लेखेको आरोपमा सप्तरी जिल्ला धनगढी गाविस-१ घर भई सिरहाका कान्तिपुर समाचारदाता ३५ वर्षीय देवनारायण साहलाई १ गते फुलकाहाकट्टी-५ घर भई लाहान बस्ने ३४ वर्षीय बिरु भन्ने बिरेन्द्र यादवले हातपात गरेको पीडितले बताए ।

भदौ १ गतेको कान्तिपुरको चार नम्बर पृष्ठमा बाबा गणपति कन्ट्रक्सन फुलकहाकट्टलिे पशु सेवा केन्द्र भगवानपुरको भवन निर्माणमा अनिमियतता गरेको समाचार किन लेखेको भन्दै पत्रकार महासंघ सिरहाका सदस्यसमेत रहेका यादवले हातपात गरेको कान्तिपुर समाचारदाता साहले बताए ।

पीडितले घटनाको विषयमा इलाका प्रहरी कार्यालय लहानमा भदौ १ गते उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसीका अनुसार आरोपितको खोजी सुरु गरिएको छ ।

घटना लगत्तै प्रेस यूनियन सिरहा, प्रेस चौतारी सिरहा र मानवअधिकार संरक्षण केन्द्र सिरहाले भदौ १ गते प्रेस विज्ञप्ति प्रकाशन गरी घटनाको छानबिन गरेर आरोपित यादवको पत्रकार महासंघको सदस्यता खारेजी सहित कारबाहीको माग गरेका छन् ।

अन्य

भिडियो