INSEC Online

📅 २०८३ जेष्ठ २१

परमादेशपछि कथित बोक्सी आरोप लगाउनेविरुद्ध उजुरी दर्ता

बिष्णुपुर गाउँपालिका-४ सिम्राहा सिंग्यौनकी ४५ वर्षीया सुर्जीकुमारी मण्डलको निवेदनमा उच्च अदालत जनकपुर राजविराज इजलासले परमादेश गरेपछि घटनाको एक वर्ष दुई महिनापछि ०८१ असार १४ गते जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गरेको छ ।

कथित बोक्सीको आरोप लगाउँदै ०८० वैशाख ४ गते सोही ठाउँका ४२ वर्षीय रन्जित खंगसहितका आरोपितहरूले कुटपिट गरी मलमुत्र जस्तो फोहोर खुवाउने प्रयास गरेको भन्दै दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले दर्ता नगरेपछि पीडितले उच्च अदालत जनकपुर राजविराज इजलासमा परमादेशका लागि निवेदन दिनु भएको थियो ।

पीडितका अनुसार बिष्णुपुर गाउँपालिका-४ सिम्राहा सिंग्यौनका ४२ वर्षीय रन्जित खंग, ३६ वर्षीय राजाराम खंग, ६० वर्षीय भवी खंग, २१ वर्षीय रमेश खंग, ४६ वर्षीय छोटेलाल खंग, ६५ वर्षीय रामलखन खंग, ४५ वर्षीय गुण खंग, २५ वर्षीय प्रमोद खंग, ३५ वर्षीय दुखी खंग, ६० इन्द्रजित मण्डल एकहुल भई कथित बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै मलमुत्र खुवाउन खोजेका हुन् । उजुरी दर्ता भएको र आरोपितहरूको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

अन्य

भिडियो