INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाका तीन आरोपित गिरफ्तार

छ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा १५, १४ र १३ वर्षीय तीनजना बालकलाई ०८१ असार १५ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितहरुले पीडितलाई ०८१ वैशाख ५ गते त्रिपुरासुन्दरी गाउँपालिका– २ स्थित फिल्पु सामुदायिक वनमा घाँस काट्न गएको अवस्थामा सामूहिक बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

आरोपितहरू विरुद्ध पीडितकी आमाले ०८१ असार १५ गते इलाका प्रहरी कार्यालय, बाह्रविसेमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका दिनेश गोलेले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १५ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा भयो ।

घटनाको अनुसन्धानका लागी आरोपितहरुलाई असार १६ गते अदालत पेश गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराइले बाताउनु भयो । पीडित र आरोपित दाजुभाई नाताभित्रका व्यक्तिहरु भएको उजुरीमा उल्लेख छ ।

अन्य

भिडियो