INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा देबाही गोनाही नगरपालिका-९ कर्कचका २० वर्षीय सुधिर कुमार रामलाई ०८१ असार १३  गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गिरफ्तार गरेको छ ।

आरोपित रामले पीडित बालिकालाई असार १३ गते बलात्कार  गरेको भन्दै पीडित पक्षले आराेपितविरुद्ध साेही दिन इलाका प्रहरी कार्यालय  चन्द्रनिगाहपुरमा उजुरि दिनु भयाे ।

आरोपितलाई गिरफ्तार गरी असार १४ गते सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतबाट सात दिनकाे लागि म्याद थप गराई घटना बारे अनुसन्धान गरिरहेकाे इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर सुरेन्द्र बर्तौलाले जानकारी दिनु भयो।

पीडितको स्वास्थ्य परीक्षण असार १३ गते चन्द्रपुर सरकारी अस्पताल  चन्द्रनिगाहपुरमा भयाे।

अन्य

भिडियो