गोडैता नगरपालिका-४ रोहुवाकी ३४ वर्षीया महिला कञ्चन देवी साहले सोही ठाउँका ३२ वर्षीय रविन्द्र कुमार यादवविरुद्ध इलाका प्रहरी कार्यालय गोडैतामा ०८१ असार ९ गते उजुरी दिनु भएको छ ।
आरोपितले जेठ २७ गते दुर्व्यवहार गरेको र जेठ २९ गते कुटपिट गरी ज्यान मार्ने धम्की दिएकोले आरोपितविरुद्ध उजुरी दिएको पीडितले बताउनु भयो ।
घटना बारे अनुसन्धान गरी दोषीलाई कानुन बमोजिमको कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य उपचार असार १० गते जिल्ला अस्पताल मलंगवामा भयो ।