INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा लालबन्दी नगरपालिका-६ का ३७ वर्षीय बिरु कार्कीलाई ०८१ असार ८ गते इलाका प्रहरी कार्यालय लालबन्दीले गिरफ्तार गरेको छ ।

रोजगारीको सिलसिलामा विगत ६ महिनादेखि पति काठमाडौं रहेको र घरमा एक्लै भएको मौका छोपी ०८० चैत १३ गते आरोपितले बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो । आरोपितविरुद्ध चैत २५ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिनु भयो ।

आरोपितलाई ०८१ असार ८ गते गिरफ्तार गरी असार ९ गते जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गराई घटना बारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत २७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

अन्य

भिडियो