INSEC Online

📅 २०८३ जेष्ठ २२

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

रामनगर गाउँपालिका-३ की २४ वर्षीया आशा कुमारी महतोलाई ०८१ जेठ १९ गते पति २६ वर्षीय विजय महतो र सासु ५२ वर्षीया दिपिया देवी महतोले कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय बरहथवामा पीडितले असार ६ गते उजुरी दिनु भएको छ ।

पीडित र आरोपित विजय महतोबीच ०७९ जेठ ५ गते विवाह भएको थियो । विवाहमा एक लाख रुपियाँ नगद र एक तोला सुन दिएको पीडितका बुबा मलंगवा नगरपालिका वडा नं ७ का ४७ वर्षीय ठगा महतोले बताउनु भयो । तर, थप दाइजो बापत नगद एक लाख ५० हजार रुपियाँ र पलङ्ग सेट नल्याएको भन्दै आरोपित पति र सासुले पीडितलाई गालिगलौज तथा कुटपिट गरेको उहाँको भनाइ रहेको छ ।

कुटपिटका कारण पीडित घाइते भएकी थिइन् । पीडितको स्वास्थ्य उपचार जेठ २२ गते देखी २४ गते सम्म सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

घटनापश्चात आरोपितहरू फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मुक्तिनाथ सापकोटाले बताउनु भयो ।

अन्य

भिडियो