INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पातारासी गाउँपालिका शिक्षा शाखा प्रमुख ४१ वर्षीय अभिराज उपाध्यायमाथि दुर्व्यवहार गर्ने सोही गाउँपालिका – ५ का ३८ वर्षीय अमृत बुढालाई प्रहरीले असार ७ गते गिरफ्तार गरेको छ ।

घटनाका आरोपितले असार ६ गते शंकर माध्यमिक विद्यालय लोडचौरमा शिक्षक परीक्षामा विवाद गरी कार्यकक्षमै शिक्षा शाखा प्रमुख उपाध्यायमाथि दुर्व्यवहार गरेपछि प्रहरीले गिरफतार गरेको हो ।

शिक्षा शाखा प्रमुख उपाध्यायले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा असार ७ गते दुर्व्यवहार, मार्ने धम्की र हातपात गर्न खोजेपछि उजुरी दिएका हुन् ।

घटनाका आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय  इन्स्पेक्टर उमेश चन्दले बताउनु भयो ।

अन्य

भिडियो