INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन कार्यमा लगाएको आरोपमा एक जना गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन कार्यमा लगाएको आरोपमा प्रहरीले ४४ वर्षीय नातेदारलाई असार ४ गते नयाँ बजारबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले घरमै जबरजस्ती यौन कार्यमा लगाएको भन्ने सूचनाका आधारमा महानगरपालिका र बाल अधिकारकर्मीसहितको टोलीले बालिकालाई उद्दार गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

पीडित पक्षले असार ५ गते आरोपितविरूद्ध बलात्कार र यौन कार्यमा लगाएको भन्दै सोह्रखुट्टे प्रहरीमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण  असार ४ गते थापाथलीस्थित प्रसूति गृहमा गरिएको छ ।

अन्य

भिडियो