INSEC Online

📅 २०८३ जेष्ठ २२

कवाड व्यवसायी र प्रहरीबिच भएको झडपमा १० जना घाइते

कवाड व्यवसायी र प्रहरीबिच असार ४ गते झडप हुँदा १० जना व्यवसायी घाइते भएका छन् ।

कवाड व्यवसायी संघर्ष समितिले रिङरोड भित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिकाविरूद्ध विरोध र्‍यालीसहित प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा कवाड व्यवसायीहरूले सरकारविरूद्ध गरेको विरोध र धर्नामा प्रहरीले बल प्रयोग गर्ने क्रममा आन्दोलनरत पक्षका १० जना घाइते भएको आन्दोलनरत पक्षका चन्द्रभुषण शाहले बताउनु भयो ।

झडपमा रौतहट जिल्ला बाैदीमाई नगरपालिका–८ बस्ने २७ वर्षीय राजु महत्तो, ४५ वर्षीय कमोदप्रसाद शाह, राजपुर  नगरपालिका  बस्ने २४ वर्षीय नन्दकिशोर यादव रौतहट जिल्लाको गढीमाई नपा–६ बस्ने २७ वर्षीय राम विश्वास शाह,  चन्द्रपुर नपा–७ बस्ने ५१ वर्षीय विरेन्द्र शाह र गढीमाई नपा–६ बस्ने ३५ वर्षीय सुजया शाह,  गढीमाई नपा–८ बस्ने ५२ वर्षीय माधव शाह, सर्लाही जिल्ला रामनगर गाउँपालिका – ६ बस्ने ५७ वषीय केदार शाहलगायत घाइते भएका छन् ।

घाइतेहरूको ट्रमा सेन्टर, काठमाण्डौमा उपचार भइरहेको चन्द्रभुषण शाहले बताउनु भयो ।

photo2024061901kathamandu

photo2024061902kathamandu

अन्य

भिडियो