१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत ३० गते भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचण नगरपालिका–१ २३ वर्षीय अमृत थापामगरलाई गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ १८ गतेदेखि पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षले भक्तपुर प्रहरी परिसरमा चैत २९ गते उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण चैत ३० गते भक्तपुर अस्पतालमा गरिएको छ ।